• २०८१ बैशाख १७ सोमबार

काँग्रेस सांसद रेग्मीले संसदमा च्यातिन संसद नियमावली 

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसकी सांसद उमा रेग्मीले संसदलाई विभेद गरिएको भन्दै संसदको नियमावली संसद बैठकमा च्यातेकी छन् ।

सांसद रेग्मीले संसदमा विशेष समयमा बोल्दै समानुपातिक सांसदलाई दोस्रो दर्जाको सांसद बनाइएको भन्दै यस्तो विभेदको विरोध स्वरूप आफुले यो संसद नियमावली च्यातेको भन्दै नियमावली च्यातेकी थिइन् ।

सांसद रेग्मीले निर्वाचन क्षेत्र विकास कोष हटाइएकोमा आपत्ति जनाउदै संसदले विभेद अन्त्य भएको भनिरहेको बेला संसद मै विभेद गरेको बताएकी छन् । एउटी प्रक्रियाबाट आएका सांसदलाई पनि फरक आँखाले हेरिएको भन्दै नियमावली च्यातेकी थिइन् ।

उनले सरकारले आउदो बजेट अधिवेशनमा यो कुरा सच्याएर ल्याउन सरकारलाई आग्रह समेत गरेकी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै