काठमाडौँ । भारतविरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले कब्जा गरेको छ ।
बुधबार भएको अन्तिम एकदिवसीय खेलमा भारतमाथि ३५ रनको जित हासिल गर्दै अस्ट्रेलियाले सिरिज ३-२ ले कब्जा गरेको हो ।
अस्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा अल आउट हुदै २३७ रन मात्र बनाएपछि अस्ट्रेलिया ३५ रनले विजयी भएको हो ।
भारतका लागि रोहित शर्माले सर्वाधिक ५६ रन बनाए भने भुवनेश्वर कुमारले ४६ रन बनाए । त्यस्तै केदार जादभले ४४ र कप्तान विराट कोहलीले २० रन बनाए ।
अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिए भने पिट कमिन्स र झिय रिचार्ड्सनले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २७२ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि उसमान ख्वाजाले सिरिजमा आफ्नो दोस्रो शतक बनाएका छन् । ख्वाजाले १०६ बलमा सय रन बनाएर आउट भए । त्यस्तौ पिटर ह्यान्ड्सकम्बले ५२ रन बनाए भने झिय रिचार्डसनले २९, कप्तान एरोन फिन्चले २७ रन बनाए ।
त्यस्तै भारतीय बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने मोहमद सामी र रविन्द्र जडेजाले २-२ विकेट लिए । त्यस्तै कुलदीप यादवले एक विकेट लिए ।
५ खेलको सिरिजमा अस्ट्रेलियाले सुरुका २ खेलमा हार बेहोरेर पछिल्ला ३ खेलमा लगातार विजयी हुदै सिरिज ३-२ ले कब्जा गरेको छ । भारतीय टुरमा यस अघि टी-२० सिरिज पनि अस्ट्रेलियाले जितेको थियो ।