• २०८१ बैशाख १५ शनिबार

जावलाखेल ग्रुपले ल्यायो नेपालकै पहिलो रुसलान गोल्ड रिजर्भ भोड्का

kharibot

काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ ।

भोड्काका पारखीहरुलाई बजारमा पाइरहेका भन्दा अद्वितीय अनुभुती प्रदान गर्न ‘टेस्ट गोल्ड, फिल गोल्ड’ भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ ।

युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा सम्म्श्रिित सुन जर्मनीबाट आयात गरिएको हो । साथै, गुणस्तरीयताको लागि रुसलान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच क्ष्क्इरक्ष्भ्ऋ प्रमाणित ल्याबबाट परीक्षण गरिएको छ । 

विगत ४० वर्षदेखि भोड्काका पारखीहरुले अत्याधिक रुचाउँदै आएको रुसलान ब्राण्डको लागि सन् २०१९ नयाँ कोशेढुङ्गा हो किनकि यस वर्ष रुसलानले आफ्ना पारखीहरुका लागि प्रिमियम ब्राण्डहरु प्रस्तुत गर्दै भोड्काको विरासतलाई अघि बढाएको छ । 

“उत्कृटता, शुद्धता र निर्मलता पस्कनु हाम्रो विरासत हो जसले हाम्रो विश्वस्तरीय स्ट्याण्डर्डलाई झल्काउँदछ । आफ्ना भोड्का पारखीहरुको प्रकृति र बजारको माग अनुरुप नै प्रस्तुत गरिएको रुसलान गोल्ड रिजर्भ एकदमै नवीनतम उत्पादन हो र हामीले आफ्नो गुणस्तरीयता र स्वादमा केही सम्झौता नगरी यसको सुपथतामा पनि धेरै ध्यान दिएका छौं,”  जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । 

“मनै लोभ्याउने अनुभव चाहने भोड्काका पारखीहरुलाई रुसलान गोल्ड रिजर्भले उत्सुक अनि आकर्षित गर्नेछ । विश्वस्तरीय प्रोडक्टहरु ल्याएर बजारमा नयाँ स्ट्याण्डर्ड बनाउँदा र भोड्काको इण्डस्ट्री स्ट्याण्डर्डलाई माथि पुर्याउन पाउँदा हामी एकदमै उत्साहित छौं,” ग्रुपका एक्जेक्युटिभ डाइरेक्टर शशिन जोशीले भने । 

रुसलान गोल्ड उत्पादन गर्दा चुनिएका उच्चस्तरीय कच्चा पदार्थ, उत्कृष्ट स्पिरिटहरु तथा विशुद्ध हिमालयको पानी प्रयोग गरिएको छ । देशका प्रमुख शहरहरुमा पुग्नु अगाडि रुसलान गोल्ड रिजर्भ यही महिनादेखि काठमाडौंका चुनिएका स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जहरुमा उपलब्ध हुनेछ ।

यो भोड्का ७५० मिलि, ३७५ मिलि, र १८० मिलिका बोतलहरुमा क्रमशः २ हजार २ सय, १ हजार एक सय, ५ सय ५० प्रति बोतलको दरमा उपलब्ध हुनेछ । 

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज विभिन्न कम्पनीहरु सञ्चालन गर्दे आएको व्यापारिक समूह हो जसले आफ्ना डिस्टिलरीहरुबाट मदिराजन्य पेय पदार्थहरु उत्पादन, निर्यात तथा बिक्री वितरण गर्दछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै