• २०८१ बैशाख १७ सोमबार

युरोकप छनौटमा स्पेन र इटालीको जित 

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत स्पेन र इटाली आ-आफ्नो खेलमा विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा स्पेनले माल्टालाई २-० गोल अन्तरले पराजित गरेको छ । स्पेनको जितमा दुवै गोल अल्भारो मोरटाले गरेका थिए । मोरटाले खेलको ३१औ र ७३औ मिनेटमा गोल गर्दै स्पेनलाई सहज जित दिलाएका थिए । स्पेनले अहिलेसम्म युरोकप छनौटका दुवै खेल जितेको छ । स्पेन अब छनौट अन्तर्गतको अर्को खेल आगामी जुनमा फारोए आइल्याण्डविरुद्ध खेल्ने छ ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा इटालीले लिएचटेन्सटेइनलाई ६-० गोल अन्तरले पराजित गरेको छ ।

इटालीको जितमा फाबिओ क्वाग्लियारेलाले २ गोल गरेका थिए । फाबियोले दुवै गोल पेनाल्टीबाट गरेका थिए भने उनी इटालीका लागि सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । उनले ३६ बर्ष ५४ दिनमा इटालीका लागि गोल गरेका छन् । इटालीका लागि अन्य गोल मारको भेराटी, मोइस कीन, लियोनार्दो पाभोलेटी र स्टेफानो सेन्सीले एक एक गोल गरेका थिए ।

खेलको पहिलो हाफको अन्त्यमा लिएचटेन्सटेइनका खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि लिएचटेन्सटेइन १० खेलाडीमा सिमित भएको थियो ।   

इटालीले युरोकप छनौटमा अहिलेसम्म खेलेका दुवै खेल जितेको छ भने अर्को खेल अब जुनमा ग्रीससँग खेल्ने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै