• २०८१ बैशाख १७ सोमबार

एएफसी कप अन्तर्गत बंगलादेशी क्लब अबहानीसँग मनाङ पराजित   

kharibot

फाइल तस्बीर

काठमाडौं । एएफसी कप २०१९ को लागि पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग पराजित भएको छ ।

काठमाडौँ, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अबहानीले पहिलो हाफमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । सोहि गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जितपछि अबहानीले महत्वपूर्ण ३ अंक जोडेको छ। नेपालको क्लब मनाङ मर्स्याङ्दी क्लब लिग बिजेताको हैसियतमा पहिलो पटक एएफसीले कपका लागि खेलेको पहिलोपटक हो ।

एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा मनाङले बंगलादेश क्लब अबहानीसँग खेलेको हो । यस समूहमा रहेका दुई भारतीय क्लब मिनेर्भा पञ्जाव र चेन्नायीन एफसीबीच पनि आजै खेल हुँदैछ ।

समूह इ मा रहेको चार टिमबीच होम एण्ड अवेका आधारमा खेल हुनेछ र एक टिमले कूल ६ खेल खेल्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै