• २०८१ बैशाख १६ आइतबार

बाघको छालामा स्यालको रजाइ

kharibot

दुधौली  /  दुधौली नगरपालिकालाई आर्थिक क्षेत्रमा अब्बल बनाउनका लागि भन्दै सीप बिकास सम्बन्धि ज्ञान नभएका र संबंधित व्यबसायको संभावना कति छ भन्ने जानकारि नलिइकन तालिम गराउदै अगाडि बढी रहेको अबस्थामा छ । दुधौली नगरपालिका आर्थिक स्तर र दिगो बिकासको लागि उत्पादनशिल ब्यवसायको लागि तालिमको लागि छुट्याइएको बजेट यति बेला सबै सम्पन्न भैसकेको अवस्थामा छ तर नगरपालिकाको १०५ जनताले पनि राम्रो सग उपभोग गर्न पाएका छैनन् ।

तालिमको लागि मात्र तालिम दिदै आइरहेको अवस्थामा छन । आ।वा। ०७४र०७५ मा उत्पादनशिल ब्यवसायको तालिम दिएका ब्यक्तिलाइ थप एडभान्स तालिम र विभिन्न सामाग्री आवश्यक छ कि छैन ब्यवसाय गरेको छ कि छैन भनेर जाँच बुझ गर्ने निकाए र अनुगमन गर्ने निकाए मौन बसेको अवस्थामा छन यति बेला र अहिले यो आर्थिक वर्षमा पुन सेवामुखी ब्यवसायमा बढी केन्दृत भएर तालिम दिदै आएको छ रु र सेवामुखी ब्यवसाय जुन ठाउमा पुग्नु पर्ने हो सो ठाउमा पुगेको छैन नगरपालिका निटकको वडामा मात्र संचालन भएको पाइन्छ ।

त्यस्ता खालका योजनाहरु नगरपालिकाको निटकमा रहने ब्यक्तिहरुले मात्र प्राप्त गरेको पाइन्छ त्यति मात्र हैन सो तालिम पनि पहुचमा पुगेका ब्यक्ति वा पहुचवालाको आफन्तले मात्र पाउने गर्दछन । जस्लाई आवश्य हो उस्लाई जानकारी समेत दिएका हुदैनन । अहिले नगरपालिकाको तालिमको ७०५ भन्दा ज्यादा बजेट सेवामुखी व्यवसायमा सकेको पाइन्छ स्थानीय जनताहरु भन्छन बाघलो छालामा स्यालको रजाइ छ ।

अब आउने आर्थिकवर्षबाट एक ब्यक्ती एक ब्यवसायको अवधारणा ल्याएर तालिमहरु संचालन गर्ने हो भने दुधौली नगरपालिका चाडैनै दिगो बित्तिय पहुचमा पुग्ने छ । र सो ब्यवसायको नियमित अनुगमन गरि उधमिहरुलाई साथ दिने हो भने मात्र दिगो बिकासको पहुचमा पुग्छ । यहाँ अहिले सम्म धेरै जस्तो पहुचवाल ब्यक्तिहरुले एक ब्यक्तीले ४र५ वटा  ब्यवसायको तालिम लिने तर ब्यवसाय भने नगर्ने चलन रहिरहेको पाइन्छ तर तालिम जुनको आए पनि तालिम लिन भने नछाड्ने प्रचलन कहिले अन्त्य गर्ने त रु

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय