• २०८१ बैशाख १७ सोमबार

मेसी र स्वरेज बिना बार्सिलोना बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना हुएस्कासँग बराबरीआमा रोकिएको छ ।

शनिबार भएको खेलमा बार्सिलोना हुएस्कासँग बिना कुनै गोल बराबरीमा रोकिएको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा हुएस्काले बार्सिलोनालाई बराबरीमा रोक्दै अंक खोस्न सफल भएको छ ।

यता बार्सिलोना भने आफ्ना स्टार खेलाडी लियोनेल मेसीसहित महत्वपूर्ण खेलाडी बिना नै यस खेलमा उत्रिएको थियो । आउदो मंगलबार म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिगको खेलका लागि भन्दै बार्सिलोनाले मेसीलाई आराम दिएको थियो ।

त्यस्तै लुइस स्वरेज र जेरार्ड पिके सस्पेन्ड भएका कारण यस खेलमा अनुपस्थित थिए । त्यस्तै इभान राकीटिक भने ज्वरो आएको कारण यो खेल खेलेका थिएनन् ।

बराबरी पछि बार्सिलोनाको ३२ खेलमा ७४ अंक भएको छ । अंक तालिकामा पुछारमा रहेको हुएस्काले भने एक अंक जोड्न सफल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै