• २०८१ बैशाख १६ आइतबार

विश्वकप क्रिकेटका लागि श्रीलंकाले १५ सदस्यीय खेलाडीको घोषणा

kharibot

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि श्रीलंकाले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि श्रीलंकाका खेलाडीको घोषणा गरिएको हो ।

विश्वकपका लागि श्रीलंकाको कप्तानमा डिमुथ करुणारत्नेलाई कप्तान बनाइएको छ । करुणारत्ने २०१५ देखि श्रीलंकाका तर्फबाट एकदिवसीय खेल नखेलेपनि उनलाई कप्तान बनाइएको छ ।

श्रीलंकाका खेलाडीहरुमा डिमुथ करुणारत्ने (कप्तान), एन्गोलो म्याथ्युज, लातिस मालिंगा, कुसल जनिथ पेरेरा, लिहारु थिरिमाने, अभिस्का फेर्नान्डो, कुसल मेन्डिस, धनन्जय डी सिल्भा, जेफ्री भन्डरसे, थिसरा पेरेरा, इसुरु उदाना, सुरुंगा लकमल, नुवान प्रदीप, जीवन मेन्डिस र मिलिन्दा श्रीवर्दाना रहेका छन् ।

विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेल न्युजील्याण्डसँग जुन १ मा खेल्दै छ । श्रीलंकाले यस अघि सन् १९९६ मा विश्वकपको उपाधि जितेको छ भने २००७ र २०११ मा विश्वकपको फाइनलमा पराजित भएको थियो ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै