• २०८१ बैशाख १७ सोमबार

चिनीको आयातमा परिमाणात्मक प्रतिबन्ध तीन महिना थप

kharibot

काठमाडौं । सरकारले चिनीको आयातमा परिमाणात्मक प्रतिबन्ध तीन महिना थप गरेको छ । 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को कार्यालयले वैशाख २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात प्रतिबन्धमा तीन महिना थप गरेको हो ।

यसअघि गत् २०७५ भदौं ३१ गते बसेको मन्त्रीपरिषदको बैठकले २०७५ चैतमसान्तसम्म एक लाख मेट्रिक टनको कोटा निर्धारण गरी चिनीको आयातमा परिमाणात्मक प्रतिबन्ध लगाएको थियो । 

चैतमा प्रतिबन्ध सीमा सकिएपछि उद्योगीको प्रस्तावमा पुनः मन्त्रालयको सहकार्यमा २०७६ असार मसान्तसम्मको लागि परिमाणात्मक म्याद थप गरिएको हो ।

मन्त्रालयका अनुसार सचिव केदारवहादुर अधिकारीले प्रस्ताव गरेपछि मन्त्रीपरिषद्ले तीन महिना थप गरेको हो। ‘नेपाल सरकारले निकासी पैठारी(नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विदेशबाट आयात गरिने चिनीमा राजपत्र भाग ५, मिति २०७५ भदौं २ गतेमा प्रकाशित सूचना बमोजिम विदेशबाट आयत गरिने चिनीमा लगाइएको परिमाणात्मक प्रतिबन्धको अवधीलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रीपरिषद् कार्यालयबाट बैशाख २ गते जारी भएको सूचनामा उल्लेख छ।

केही समयअघि चिनी आयातमा परिमाणात्मक प्रतिबन्धको विषयमा बोल्दै प्रधानमन्त्री केपी ओलीले गलत तथ्यांक सुनाएर चिनी उद्योगीले आफुबाट गलत निर्णय गराएको सार्वजनिक कार्यक्रममै बताएका थिए ।

ओलीले गत् चैत २५ गते नेपाल उद्योग परिसंघको वार्षिकोत्सवमा चिनी ब्यापारीहरुले गुमराहमा राखेर आयातमा अंकुश लगाउन लगाएको बताएका थिए। प्रधानमन्त्री ओलीको यो वक्तव्य आएको केही साताकै अन्तरालमा चिनीको आयातमा परिमाणात्मक प्रतिबन्धको समय थप गरिएको सूचना आएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय