• २०८१ बैशाख १७ सोमबार

उत्तर कोरियाले दुई मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबि

kharibot

सिओल । उत्तर कोरियाले विहिबार दुई सानो दुरीका ब्यालेष्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको आर्मीले दाबि गरेको छ ।

दक्षिण कोरियाको आर्मीले एक विज्ञप्ति निकाल्दै उत्तर कोरियाले देशको उत्तर पश्चिम क्षेत्रमा एउटा २६० माइल र अर्को १७० माइल दुरीको मिसाइल परीक्षण गरेको जनाएको छ ।

साथै विज्ञप्तिमा यस घटनालाई दक्षिण कोरिया र अमेरिकी विज्ञहरुले सुक्ष्म विश्लेषण गरिरहेको जनाइएको छ ।

उत्तर कोरियाले गरेको मिसाइल परिक्षण ५ दिन अघिको भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै