• २०८१ बैशाख १७ सोमबार

रेलिगेशनमा परेको कार्डिफसँग म्यानचेस्टर युनाइटेड पराजित 

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिगको अन्तिम खेलमा हार बेहोरेको छ । आइतबार भएको खेलमा युनाइटेडले लिगको अन्तिम खेलमा कार्डिफ सिटीसँग २-० गोल अन्तरले पराजित भएको हो ।

कार्डिफको जितमा नथानियल मेन्डेज लाइंगले दुवै गोल गरेका थिए । लाइंगले पहिलो हाफको २४औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने अर्को गोल दोस्रो हाफको ५४औ मिनेटमा गरेका थिए ।

योसँगै ओले गुन्नार सोलजकर युनाइटेडको नियमित प्रशिक्षक बनेपछि ६ खेलमा हार बेहोरेका छन् । सोलजकरले नियमित प्रशिक्षक बनेपछि खेलेका १० खेलमा केवल २ खेलमा जित, २ बराबरी र ६ खेलमा हार बेहोरेका छन् ।

त्यसअघि केयर टेकर प्रशिक्षकका रुपमा भने १९ खेल खेलेकोमा १४ जित, २ बराबरी र ३ खेलमा हार बेहोरेका थिए ।

यो हारपछि युनाइटेड ३८ खेलमा ६६ अंक हासिल गर्दै छैठौ स्थानमा रहदै यस सिजनको अन्त्य गरेको छ । त्यस्तै कार्डिफ भने यस सिजनमा १८औ स्थानमा रहदै रेलिगेशनमा परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै