काठमाडौं । महिला क्रिकेटको टी-२० लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को खेलाडीको ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंमा मंगलबार भएको ड्राफ्टमा ५ टिमले हरेक टिममा ११-११ खेलाडीका दरले ५५ खेलाडीलाई अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । वुमन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
ड्राफ्टमा डायमण्ड, सफाएर र रुबिज गरि तीन श्रेणीमा राखि खेलाडी अनुबन्ध गरिएको थियो । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । डायमण्ड श्रेणीमा रहेका खेलाडीको मुल्य ७५ हजार तोकिएको थियो ।
रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी राखिएको थियो । जसको मुल्य ५० हजार थियो । सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए । जसको मुल्य २५ हजार छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्नेछ । जसको लागि केहि दिनमा आयोजकले ट्यालेन्टहटमार्फत अनुबन्ध गर्ने जनाएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने बताईएको छ ।
ड्राफ्टमा छनोट भएका खेलाडीहरु :
चितवन राइनोज :
१. काजल श्रेष्ठ – चितवन राइनोज – डायमन्ड
२. रितु कनौजिया – चितवन राइनोज – डायमन्ड
३. रेखा रावल – चितवन राइनोज – रुबीज
४. सन्तोषी चौधरी – चितवन राइनोज – रुबीज
५. सन्जु लामा – चितवन राइनोज – सफाएर
६. सुमन खतिवडा – चितवन राइनोज – सफाएर
७. सरस्वती पुन – चितवन राइनोज – सफाएर
८. अस्मिता खरेल – चितवन राइनोज – सफाएर
९. प्यारी चौधरी – चितवन राइनोज – सफाएर
१०. सावित्रा जिसी – चितवन राइनोज – सफाएर
११. कन्चन श्रेष्ठ – चितवन राइनोज – सफाएर
विराटनगर टाइटन्स :
१. सोनु खड्का – विराटनगर टाइटन्स – डायमन्ड
२. आरती विडारी – विराटनगर टाइटन्स – डायमन्ड
३. ज्योती पाण्डे – विराटनगर टाइटन्स – रुबीज
४. डली भट्ट – विराटनगर टाइटन्स – रुबीज
५. प्रतिक्षा बस्याल – विराटनगर टाइटन्स – रुबीज
६. लक्ष्मी चौधरी – विराटनगर टाइन्टस – रुबीज
७. सबनम राई – विराटनगर टाइटन्स – रुबीज
८. शर्मीला रोका मगर – विराटनगर टाइटन्स – सफाएर
९. कृतिका मरासिनी – विराटनगर टाइटन्स – सफाएर
१०. अस्मिना कर्माचार्य – विराटनगर टाइटन्स – सफाएर
११. कृष्मा गुरुङ – विराटनगर टाइटन्स – सफाएर
पोखरा पल्टन :
१. विन्दु रावल – पोखरा पल्टन – डायमन्ड
२. कविता कुवँर – पोखरा पल्टन – डायमन्ड
३. अन्जली चन्द – पोखरा पल्टन – रुबीज
४. अनुराधा चौधरी – पोखरा पल्टन – रुबीज
५. रेवती धामी – पोखरा पल्टन – सफाएर
६. नविना खड्का – पोखरा पल्टन – सफाएर
७. मञजुकुमारी बोगटि – पोखरा पल्टन – सफाएर
८. रुबी पोद्दार – पोखरा पल्टन – सफाएर
९. राजमती ऐरी – पोखरा पल्टन – सफाएर
१०. निशा भट्ट – पोखरा पल्टन – सफाएर
११. सरस्वती घर्ती मगर – पोखरा पल्टन – सफाएर
ललितपुर फाल्कन्स :
१. ममता चौधरी – ललितपुर फाल्कन्स – डायमन्ड
२. करुणा भण्डारी – ललितपुर फाल्कन्स – डायमन्ड
३. सरिता दिस्वा मगर – ललितपुर फाल्कन्स – रुबीज
४. रोशनी बोहोरा – ललितपुर फाल्कन्स – रुबीज
५. कृती सेन – ललितपुर फाल्कन्स – सफाएर
६. शान्तिकुमारी चौधरी – ललितपुर फाल्कन्स – सफाएर
७. सम्झना खड्का – ललितपुर फाल्कन्स – सफाएर
८. अलिशा केसी – ललितपुर फाल्कन्स – सफाएर
९. गीता गोसाई – ललितपुर फाल्कन्स – सफाएर
१०. कविता जोशी – ललितपुर फाल्कन्स – सफाएर
११. सीमा थापा – ललितपुर फाल्कन्स – सफाएर
क्याट क्वीन्स :
१. अप्सरी बेगम – क्याट क्वीन्स – डायमन्ड
२. रोमा थापा – क्याट क्वीन्स – डायमन्ड
३. रश्मी शर्मा चौलागाईं – क्याट क्वीन्स – रुबीज
४. संगीता राई – क्याट क्वीन्स – रुबीज
५. सरस्वती चौधरी – क्याट क्वीन्स – रुबीज
६. नितु भण्डारी – क्याट क्वीन्स – सफाएर
७. सुमन विष्ट – क्याट क्वीन्स – सफाएर
८. ममता थापा – क्याट क्वीन्स – रुबीज
९. ईश्वरी विष्ट – क्याट क्वीन्स – सफाएर
१०. लक्ष्मी साउद – क्याट क्वीन्स – सफाएर
११. मनीषा राना – क्याट क्वीन्स – सफाएर