• २०८१ बैशाख १८ मंगलबार

सिपिएलमा सन्दीप बारबाडोस ट्रीडेन्टसबाट खेल्ने 

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडीको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बारबाडोस ट्रीडेन्टसले किनेको छ ।

अहिले जारी ड्राफ्टमा सन्दीपलाई बरबाडोसले किनेको हो । सन्दीपलाई बारबाडोसले ७० हजार अमेरिकी डलरको स्लटमा किनेको छ ।

बारबाडोसले पाकिस्तानका वहाव रियाज, आसिफ अली, वेस्टइन्डिजका जासन होल्डर, इङल्याण्डका एलेक्स हेल्सजस्ता खेलाडीलाई किनेको छ ।            

यसअघि पाँचौ संस्करणमा सन्दीपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्रिस गेलको कप्तानीमा खेलेका थिए । सन्दीपले सेन्ट किट्सबाट गत सिजनमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।

सिपिएलको ड्राफ्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित, अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल रहेका छन् ।

ड्राफ्ट जारी रहेकाले अन्य खेलाडीको भने अझै निर्णय भएको छैन ।

सिपिएलमा खेल्ने ६ टिमले बढीमा ५ विदेशी खेलाडी मात्र किन्न पाउने नियम रहेको छ । यसरी हेर्दा ६ टिमले ३५१ विदेशी खेलाडीबाट ३० खेलाडी छान्नु पर्ने छ ।      

सिपिएलको छैठौ यस पटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म हुने वेस्टइन्डिजमा हुदै छ ।

सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै