• २०८१ बैशाख १५ शनिबार

सुदुरपश्चिममाथि एपीएफको सहज जित  

kharibot

काठमाडौं । प्रधानमन्त्री कप अन्तर्गत सोमबार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफले सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

सुदुरपश्चिम प्रदेशले दिएको १२६ रनको लक्ष्य पछाएको एपीएफले ३४.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

एपीएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३२ रन बनाए भने शरद भेस्वाकरले २६ रन बनाए । त्यस्तै सन्दीप जोराले २२ र समित महर्जनले १५ रन बनाएका थिए ।

सुदूरपश्चिमका बिनोद लामाले सर्वाधिक ३ विकेट लिए भने शेर मल्लले २ तथा नरेन्द्र साउद र विकास अग्रीले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ३७.१ ओभरमा अलआउट हुदै १२५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाएका थिए । त्यस्तै विपिन रावलले २१ र खडक बोहोराले १९ रन बनाए । त्यस्तै रोशन अधिकारीले १६ र शेर मल्लले ११ रन बनाएका थिए ।

त्यस्तै एपीएफका बलर अविनाश बोहोराले २ विकेट लिए भने पृथु बास्कोटा, शरद भेस्वाकर र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।

योसँगै एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपीएफले आगामी शुक्रबार गण्डकी प्रदेशसँग आर्को खेल खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै