• २०८१ बैशाख १६ आइतबार

पारस र सुर्यको घातक बलिङ, गण्डकी प्रदेश १०८ मा समेटियो   

kharibot

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश १०८ रनमा समेटिएको छ ।

अहिले जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेश ३०.१ ओभरमा १०८ रन बनाएर अल आउट भएको छ ।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा प्रदेश ३ का कप्तान पारस खड्का र सुर्य तामाङले ४-४ विकेट लिएका थिए ।

पारसले ८ ओभरमा एक मेडनसहित १८ रन दिएर ४ विकेट लिए भने सुर्य तामाङले ८.१ ओभरमा एक मेडनसहित २९ रन दीएर ४ विकेट लिएका थिए । त्यस्तै नादन यादवले २ विकेट लिए ।

गण्डकी प्रदेशका लागि सुमा घिमिरेले सर्वाधिक ३४ रन बनाए भने आकास थापाले २८ रन बनाएका थिए । त्यस्तै राहुल शर्माले १२ रङ बनाएर आउट भए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

प्रदेश ३ ले अहिले जवाफी ब्याटिंग गरिरहेको छ ।             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै