• २०८१ बैशाख १६ आइतबार

गण्डकी प्रदेशमाथि प्रदेश ३ को सहज जित

kharibot

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश ३ ले दोस्रो जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

गण्डकी प्रदेशले दिएको १०९ रनको लक्ष्य पछाएको प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

प्रदेश ३ का लागि आदील खानले अविजित रहदै सर्वाधिक ३८ रन बनाए भने इशान पाण्डेले अविजित २६ रन बनाए ।

त्यस्तै रीत गौतम २० रन बनाएर आउट भए भने रबिन जोशी ११ र अभिषेक बस्नेत ५ रन बनाएर आउट भएका थिए ।

त्यस्तै गण्डकी प्रदेशका किशोर महतोले २ विकेट लिए भने बिपिन खत्रीले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेश ३०.१ ओभरमा १०८ रन बनाएर अल आउट भएको छ ।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा प्रदेश ३ का कप्तान पारस खड्का र सुर्य तामाङले ४-४ विकेट लिएका थिए ।

पारसले ८ ओभरमा एक मेडनसहित १८ रन दिएर ४ विकेट लिए भने सुर्य तामाङले ८.१ ओभरमा एक मेडनसहित २९ रन दीएर ४ विकेट लिएका थिए । त्यस्तै नादन यादवले २ विकेट लिए ।

गण्डकी प्रदेशका लागि सुमा घिमिरेले सर्वाधिक ३४ रन बनाए भने आकास थापाले २८ रन बनाएका थिए । त्यस्तै राहुल शर्माले १२ रङ बनाएर आउट भए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतियोगितामा पहिलो खेल हारेको प्रदेश ३ ले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै