• २०८१ बैशाख १६ आइतबार

पिएम कप क्रिकेटमा आर्मी लगातार तेस्रो जितसहित सेमिफाइनलमा

kharibot

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा आर्मीले कर्णालीलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २९१ रनको लक्ष्य पछाएको कर्णाली प्रदेश ३५.१ ओभरमा १७३ रन बनाउदा अल आउट भएपछि खेल ११७ रनले गुमाउन पुगेको थियो ।

कर्णाली प्रदेशका लागि शुसांत थापाले ३१, ललित प्याकुरेलले २८ रन बनाए भने दिवान पुनले २६ र कप्तान रबिन्द्र शाहीले १३ रन्को योगदान दिएका थिए ।

आर्मीका शुसन भारीले सर्वाधिक ४ विकेट लिए भने करण केसी र शाहाब आलमले २-२ विकेट लिए ।त्यस्तै कुशल मल्ल र हरिबहादुर चौहानले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २९० रन बनाएको थियो ।

आर्मीका लागि राजु रिजाल, रोहित पौडेल र हरिकृष्ण झाले अर्धशतक बनाएका थिए । राजु रिजालले ६६, रोहितले ५६ र हरिकृष्णले ५२ रन बनाएका थिए । त्यस्तै कारण केसीले २८, लोकेन्द्र चन्द र शुसन भारीले १६-१६ रनको योगदान दिएका थिए ।

कर्णालीका बलर ललित प्याकुरेलले ५ विकेट लिएका थिए । ललितले ९ ओभरमा ६३ रन द्येर आर्मीका ५ ब्याट्सम्यानलाई आउट गरेका थिए । त्यस्तै रविन्द्र शाहीले २ र प्रकाश जैसीले एक विकेट लिएका थिए ।

प्रतियोगितामा आर्मीले समुह बि अन्तर्गत अहिलेसम्म खेलेका तिनै खेलमा जित हासिल गरेको छ भने प्रतियोगिताको सेमिफाइनलमा समेत पुगेको छ । त्यस्तै कर्णालीले खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार कर्णाली प्रदेश र प्रदेश २ बीच तथा नेपाल पुलिस क्लब  र प्रदेश एकबीच खेल हुने छ ।    
                   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै