काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ९४ रनको लक्ष्य प्रदेश २ ले १६ ओभरमा एक विकेट गुमाउदै पुरा गरेको थियो ।
प्रदेश २ का हरिशंकर शाहले अविजित ५५ रङ बनाए भएन हसिम अन्सारीले १७ र रवी शाहले अविजित १६ बनाए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले ३०.४ ओभरमा अल आउट हुदै ९३ रन बनाएको थियो ।
कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रन बनाए भने रविन्द्र शाहीले १४ रन बनाए । कर्णालीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
प्रदेश २ का बलर कुमार थापाले ३ विकेट लिए भने रशिद खान, हरिशंकर शाह र सम्सद शाहले २-२ विकेट लिए ।
प्रतियोगितामा प्रदेश २ ले पहिलो जित हासिल गरेको छ भने कर्णाली प्रदेशको लगातार तेस्रो हार हो ।