काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई ७५ रनले अपराजित गरेको छ ।
पुलिस क्लबले दिएको १८६ रन पछाएको प्रदेश १, ३८.३ ओभरमा ११० रन बनाउदा अल आउट भएको थियो ।
प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए भने मनिष थापाले १९, दिपेश कडेलले १५, फिर्दोश अन्सारीले १२ र कप्तान पुष्प थापाले १० रन बनाएका थिए ।
पुलिसका बलर दिपेन्द्र सिंह ऐरीले प्रदेश १ को ब्याटिंग लाइनअपलाई ध्वस्त बनाएका थिए । ऐरीले १० ओभरमा ४ ओभर मेडनसहित २६ रन दिएर ५ विकेट लिएका थिए ।
त्यस्तै ललित राजबंशीले ३ विकेट लिए भने सगर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४३.१ ओभरमा अल आउट हुदै १८५ रन बनाएको थियो ।
पुलिसका ब्याट्सम्यान अमित श्रेष्ठले शतकीय पारी खेलेका थिए । श्रेष्ठले प्रहार गरेको शतक यस प्रतियोगिताको दोस्रो शतक हो । यस अघि प्रदेश ३ बात खेल्दै ज्ञानेन्द्र मल्लले प्रतियोगीताको पहिलो शतक हानेका थिए ।
पुलिसका लागि कुशल भुर्तेलले २४ रन बनाए भने मन्जित श्रेष्ठ र रामनरेश गिरिले ११-११ रन बनाएका थिए ।
प्रदेश १ का बलर फिर्दोश अन्सारी, सिद्धान्त लोहनी, दिपेश कडेल, पुष्प थापा र कमल खत्रीले २-२ विकेट लिएका थिए ।
प्रतियोगितामा पुलिस क्लबले खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने प्रदेश १ ले दुवै खेल गुमाएको छ ।