• २०८१ बैशाख १७ सोमबार

वेस्टइन्डिजको खराब ब्याटिंग, २१२ रनमा अलआउट

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत वेस्टइन्डिजले इङल्याण्डलाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज ४४.४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको हो ।

वेस्टइन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रन बनाए भने शिमरोन हिटमायरले ३९ रन बनाए । त्यस्तै क्रिस गेलले ३६ रन बनाएर आउट भए भने आन्द्रे रसेल २१ रन बनाएर आउट भए । त्यस्तै कार्लोस ब्रेथवेटले १४ र साइ होपले ११ रन बनाए ।

इङल्याण्डका बलर जोफ्रा आर्चर र माट वुडले ३-३ विकेट लिए । त्यस्तै जोय रुटले २ विकेट लिए भने क्रिस वोक्स र लियाम प्लंगकेटले एक विकेट लिए ।

प्रतियोगीतामा इङल्याण्ड अहिलेसम्म ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर चौथो स्थानमा रहेको छ भने वेस्टइन्डिजले खेलेका ३ खेलमा एक जित एक हार र एक बर्षाले रद्ध हुदा कुल ३ अंक हासिल गरेको छ ।                          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै