• २०८१ बैशाख १४ शुक्रबार

गलबन्दीको विवाद मिल्यो : सपुत र राइबीच चार बुँदे सम्झौता 

kharibot

काठमाडौं । गलबन्दीको गीतको लय मिल्न गएपछि भएको विवाद अन्तत: मिलेको छ ।

गायक प्रकाश सपुत र शम्भुराईबीच ४ बुंदे सहमति भएपछि यो विवाद मिलेको हो । 

सहमति अनुसार गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना  सपुत हुने गरी युट्युबको हकमा प्रावधिक रुपमा मिल्नेसम्म राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहि बमोजिम नाम समावेश गरी गलबन्दी बोलको गीतलाई प्रकाशन गरिने भएको छ । साथै सहमति अनुसार गीतबाट आउने सम्पूर्ण आर्थिक लाभमा सपुतकै अधिकार हुने पनि सहमति भएको छ ।  

सपुतको ‘गलबन्दी’ बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद संसददेखि मिडिया, सामाजिक सञ्जालसम्म व्यापक चर्चा भएको थियो । पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताउदै प्रतिलिपि अधिकारमा निवेदन दिएका थिए । 

यस्तो भयो सम्झौता :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै