• २०८१ बैशाख १५ शनिबार

वीरगञ्जमा भव्यताका साथ मनाइयो पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव

kharibot

वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३आंै जन्मोत्सव आज एक समारोहका बीच वीरगंजमा पनि मनाइएको छ ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष एवं राष्ट्रवादी पशुपति विक्रम शाहले पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै अहिले परिवेशमा राजाविना यो देश चल्न नसक्ने दाबी गरे । उनले घरमा अभिभावक नभएपछि परिवारहरु टुहुरो हुन्छन त्यस्तै यो देशका जनताहरु राजा बिना टुहुरो भएको बताए । 

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतमा आयोजित कार्यक्रममा महिला समाजसेबी उषा शाह, राष्ट्रिय नागरिक संघर्ष समिती बारा अध्यक्ष महमद सतार अंसारी, राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र चौरसिया, साहित्यकार अरुण बिक्रम शाह, बिगा मुखिया, रामअयोध्या राउत कुर्मी लगायत राष्ट्रिवादी, सर्वसाधारण, पत्रकार लगायतकाको उपस्थिति रहेको थियो । 

त्यसैगरी पूर्व राजा शाहको दीर्घायु कामनाका लागि गहवामाई मन्दिरमा पुजा आराधना गरिएको प्रेस संयोजक प्रणय कुमारले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै