• २०८१ बैशाख १७ सोमबार

विप्लव समूहका उपत्यका इन्चार्ज लामा पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ ।

राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका लामालाई विशेष सूचनाका आधारमा गए राति १२: २० बजेको समयमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

लामासँगै उनका सहयोगी रेशम तामाङलाई समेत पक्राउ गरिएको महाशाखा प्रमुख थापाले जानकारी दिए । सरकारले विप्लव समूहका गतिविधि विध्वंशकारी रहेको भन्दै रोक लगाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै