• २०८१ बैशाख १७ सोमबार

तिम्बुङ पोखरीमा अतिक्रमण भएको भन्दै विरोध

kharibot

फिदिम । पाँचथरका विभिन्न सङ्घसंस्थाले तिम्बुङ पोखरी सांस्कृतिक तथा जैविक अतिक्रमण गरिएको भन्दै विरोध जनाएका छन् ।

पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा पर्ने उक्त पोखरीको नाम परिवर्तन गर्ने उद्देश्यका साथ मन्दिर निर्माण गरिएको भन्दै ती संस्थाले विरोध जनाएका हुन् । 

तिम्बुङ पोखरीलाई प्राकृतिक र जैविकरुपमा रहन दिनुपर्ने भए पनि मन्दिर निर्माणका क्रममा कङ्क्रिट प्रयोग गरिनाले यहाँको जैविक विविधतामा समस्या आउने दाबी गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खालगायतका जातीय तथा सामाजिक सङ्घसंस्थाले अतिक्रमण रोक्न मागसमेत गरेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि यहाँका रैथाने परम्परा, ज्ञान, संस्कृतिको प्रयोग गर्दै पर्यावरणमा सन्तुलन कायम राखेर पूर्वाधार निर्माणका कार्य अघि बढाइनुपर्ने यहाँ १८ संस्थाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घसंस्थाले किराँत सभ्यता र संस्कृतिमाथि खलल पर्ने कार्य नगर्न, सबै सरोकारवालासँगको समन्वयमा मात्रै निर्माणका कार्य अघि बढाउन माग गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै