• २०८१ बैशाख १७ सोमबार

फिफाद्वारा बर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक

kharibot

काठमाडौँ । फिफाले सन् २०१९ को उत्कृष्ट खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।

१६ जुलाई २०१९ देखि १९ जुलाई २०१९ सम्म को प्रदर्शनका आधारमा १० मनोनयन सार्वजनिक गरीएको छ । मतदान सकिएपछि फिफाले उत्कृष्ट तीन जनाको सुची जारी गर्ने जनाएको छ ।

बर्षका उत्कृष्ट खेलाडीको सुचिमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, फ्रेन्की डि जोंग, माथिज डिलाइट, ह्यारी केन, इडेन हजार्ड, साडियो माने, किलियन एम्बाप्पे, मोहमद सलाह र भिगिल भान डिज्क रहेका छन् ।         

फिफाको वेस्ट बर्ष खेलाडी र बर्षको बेस्ट कोचको छनौट फिफामा आवद्ध सबै देशका राष्ट्रिय कोच र कप्तान तथा क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनौट भएका एक विशेषज्ञ पत्रकार तथा फिफा डट कममा विश्वभरका फुटबल फ्यानहरुले मतदान गरेर छनौट गरिने फिफाले जनाएको छ ।

फिफाले जुलाई ३१ देखि अगष्ट १९ सम्म मतदान हुने जानकारी दिएको छ । फिफाका अनुसार सेप्टेम्बर २३, २०१९ मा मिलानमा आयोजना हुने कार्यक्रममा अवार्ड वितरण गरिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै