• २०८१ बैशाख १७ सोमबार

उपकुलपति र पदाधिकारीको नियुक्ति राजनीतिक भागबण्डामा नगरियोस्

kharibot

काठमाडौँ । सत्तापक्ष र प्रतिपक्षका सांसदले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र पदाधिकारी दलीय भागबण्डामा होइन, खुला प्रतिस्पर्धाका आधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा नेकपाका सांसद खीमलाल भट्टराईले मुलुकको गौरवका रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको केही महीनापछि रिक्त हुन लागेको उपकुलपति र पदाधिकारी दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्ने कार्यविधि बनाउन सरकारलाई सुझाव दिएका छन् ।

उनले भने, “विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधि रोक्न आवश्यक छ, विश्वविद्यालयको सुधार र पूर्वाधारमा राज्यले विशेष ध्यान दिनुपर्छ, मुलुकको कूल गार्हथ्यमा सात प्रतिशत योगदान पुर्याइएरहेको शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेट कम भएकाले बढाउनुपर्छ ।” 

विश्वविद्यालयको कुलपति रहनुभएका प्रधानमन्त्रीबाट कम्तीमा तीन महीनामा एकपटक अनुगमन गर्ने व्यवस्था होस् भन्दै उनले विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउनेतर्फ सबैको पहल आवश्यक रहेको बताए । 

सांसद भट्टराईले विश्वविद्यालयका प्राध्यापकलाई हेलमेट बोकेर निजी विद्यालयमा पठाउन जाने प्रवृत्तिलाई त्यग्न सुझाव दिए । मुलुककै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा हाल तीन लाख ९२ हजार विद्यार्थी अध्ययनरत छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै