• २०८१ बैशाख १४ शुक्रबार

तेस्रो एशेजमा अस्ट्रेलिया बलियो, इङल्याण्डलाई ३५९ रनको लक्ष्य

kharibot

काठमाडौँ । तेस्रो एशेजमा अस्ट्रेलियाले घरेलु टिम इङल्याण्डलाई ३५९ रनको लक्ष्य दिएको छ ।

दोस्रो इनिंगमा २४६ रनमा अल आउट भएपछि पहिलो इनिंगमा लिएको ११२ रनको अग्रतासहित अस्ट्रेलियाले ३५८ रनको बढ्त बनाएको हो ।

पहिलो इनिंग ६७ रन बनाएको इङल्याण्डले खेलको तेस्रो दिनको खेलमा २ विकेट गुमाएर १५ रन बनाएर खेलिरहेको छ ।

अस्ट्रेलियाका लागि दोस्रो इनिंगमा मार्नस लाबुसचगनेले सर्वाधिक ८० रन बनाए । त्यस्तै म्याथ्यु वाडेले ३३, ट्राभिस हेडले २५, उसमान ख्वाजाले २३ र मार्क्स ह्यारिसले १९ रन बनाएर आउट भए । त्यस्तै डेविड वार्नर र कप्तान टिम पाने शुन्यमा आउट भएका थिए ।

त्यस्तै जेम्स पाटीन्सनले २० रन बनाए भने पाट कमिन्सनले ६, नाथन लियोनले ९ रन र जोस हजेलवुडले ४ रन बनाए ।        

इङल्याण्डका बलर बेन स्टोकले सर्वाधिक ३ विकेट लिए भने जोफ्रा आर्चर र स्टुअर्ट बोर्डले २-२ विकेट लिए । त्यस्तै क्रिस वोक्स र ज्याक लीचले एक एक विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै