काठमाडौँ । रियल म्याड्रिडमा ६ सिजन खेलेका गोलकिपर केलोर नाभासले रियल म्याड्रिड छोडेर पिएसजी गएका छन् ।
कोस्टारिकाका ३२ बर्षिय गोल किपरले रियल म्याड्रिडमा लगातार खेल्ने अवसर नपाएपछि पिएसजीमा लोनमा गएका हुन् । नाभासलाई पिएसजीले बार्षिक १७ मिलियन अमेरिकी डलमा भित्र्याएको छ ।
लगातार तीन पटक च्याम्पियन्स लिग जितेका गोल किपर नाभासलाई अहिले पनि विश्वका उत्कृष्ट गोलकिपर मानिन्छ ।
नाभास सन् २०१४ मा स्पेनिस क्लब लेभान्टेबाट रियल म्याड्रिड आएका थिए । नाभासले रियल म्याड्रिडमा रहदा तीन लगातार च्याम्पियन्स लिग, एक ला लिगा र दुई युइएफए सुपर कप जितेका थिए ।
नाभासले रियलमा बेल्जियमका गोल किपर थिबाउट कोउर्टोइस आएपछि पहिलो रोजाईमा परेका थिएनन् ।
त्यस्तै पिएसजीका गोलकिपर अल्फोनसे अरेओलाले भने पिएसजी छोडेर रियल म्याड्रिड गएका छन् । उनी एक बर्षका लागि लोनमा रियल गएका हुन् ।