• २०८१ बैशाख २० बिहीबार

चिदम्बरमलाई अदालतको झट्का : थप १४ दिन जेल बस्नुपर्ने 

kharibot

नयाँ दिल्ली । भारतका पुर्वअर्थमन्त्री पि चिदम्बरमलाई थप १४ दिन हिरासतमा राख्न अदालतले मन्जुरी दिएको छ ।

यसअघि थप गरेको १५ दिनको म्याद सकिएपछि सिबिआईको विशेष अदालतले चिदम्बरमलाई थप १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न स्वीकृति दिएको हो ।

भ्रष्टाचार सम्वन्धी मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरम अब सेप्टेम्बर १९ सम्म भारतको चर्चित जेल तिहाडमा बस्ने भएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

चिदम्बरम गत भदौ ५ गते अनियमितता प्रकरणमा गिरफ्तार भएका थिए ।

भारतको मिडिया कम्पनी आइएनएक्स मिडियामा आएको ३०५ करोड विदेशी लगानीसम्बन्धमा अनियमितता गरेको आरोप चिदम्बरममाथि लागेको छ । उनीविरुद्ध २०१७ मे १५ मा पहिलो पटक एफआइआर दर्ता गरिएको थियो ।

आइएनएक्स मिडियामा आएको सो विदेशी लागि स्वीकृत गर्दा विदेशी इन्भेस्टमेन्ट प्रमोशन बोर्डले अनुमति दिदा अनिमितता गरेको आरोप लगाइएको हो ।  चिदम्बरम अर्थमन्त्री हुदा सन् २००७ मा सो अनुमति दिइएको थियो । 

साथै चिदम्बरमविरुद्ध एयरसेल-मेक्सिसको ३५ सय करोडको डिलमा चिदम्बरमको भूमिकाका विषयमा समेत सिबिआइले जाँच गरिरहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै