काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७-० गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा ५ गोल खाएको थियो ।
कुवेतले खेलको छैटौं मिनेटमा नै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । नेपाल खेलको सुरुवात देखिअन्त्य सम्म नै दबाबमा देखिएको थियो ।
कुवेतका लागि युसुफ नासेरले खेलको छैठौ मिनेट र ५०औ मिनेटमा गरी २ गोल गरे भने फहाद अल हजेरी, अब्दुल्लाह मावी, बदेर अल मुतावा, रेडा र हुस्सैन अल मुसावीले एक एक गोल गरेका थिए ।
यस जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले पराजित गरेको थियो ।
नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को खेलमा सोहि दिन कुवेत र अष्ट्रेलियाबीच खेल हुने छ ।