• २०८१ बैशाख १७ सोमबार

महिला टि-२० विश्वकपको एशियाली क्षेत्रको छनौटका लागि २२ खेलाडी छनौट

kharibot

फाइल तस्बिर

काठमाडौं । महिला टि-२० विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौटका लागि २२ जना खेलाडी छनौट गरिएको छ । 

तीन दिनसम्म कीर्तिपुर मैदानमा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा, महिला राष्ट्रिय क्रिकेट  टिमका प्रशिक्षक सामसोङजंग थापा, कप्तान रुबिना क्षेत्री र आइसिसीका प्रतिनिधि अमिनुयल इस्लाम सम्मिलित टोलीले २२ खेलाडी छानेको हो । 

छनौट भएका खेलाडीमा सीता रानामगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा करुणा भण्डारी र सोनु खड्का छन् । 

त्यस्तै शोभा आले, नितु भण्डारी, अलिशा क्षेत्री, कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी लक्ष्मी चौधरी, रितु कनौजिया, संगिता राई, काजोल श्रेष्ठ, रेखा रावल र शबनम राई रहेका छन् ।

२२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोली घोषणा गरिने छ । महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौट आउँदो महिना थाइल्याण्डमा हुँदै छ । 

नेपालसहित चीन, हङकङ, थाइल्याण्ड र युएई रहेको एशियाली क्षेत्रको छनौट प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष नेदरल्याण्ड्समा हुने महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै