सिपिएलमा बार्बाडोसको अर्को जित, सन्दीपको उत्कृष्ट बलिङ  

खरीबोट

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टसले सेन्ट लुसिया जोउक्सलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा बार्बाडोसले सेन्ट लुसियालाई ७१ रनले पराजित गरेको हो ।

बार्बाडोसले दिएको १७३ रनको लक्ष्य पछाएको सेन्ट लुसियाले १४.५ ओभरमा १०१ रन बनाउदै ९ विकेट गुमाएको थियो । अन्तिम विकेटको रुपमा आउनु पर्ने ओबेड म्याककोय घाइते भएका कारण ब्याटिंग गर्न नसकेपछि बार्बाडोसले खेल ७१ रनले जितेको थियो । 

सेन्ट लुसियाका लागि कोलिन डि होमग्रामले सर्वाधिक २८ रन बनाए भने हार्डस भिजोएन र एन्द्रे फ्लेचरले १४-१४ रन बनाएका थिए ।

बार्बाडोसका बलर जेसन होल्डर र जोसुआ विसोपले २-२ विकेट लिएका थिए भने सन्दीप लामिछाने रेमन रेईफर र जोश लालोरले एक एक विकेट लिएका थिए ।

सन्दीपले ३.५ ओभर बलिङ गर्दै २९ रन दिए एक विकेट लिएका थिए । सन्दीपको एक ओभरमा एक खेलाडी रनआउट समेत भएका थिए । सुरुका तीन ओभरमा अनुशाशित बलिङ गरेका सन्दीपले अन्तिम ओभरको ५ बलमा १६ रन दिएर एक विकेट लिएका थिए । पहिलो ३ ओभरमा सन्दीपले केबल १३ रन दिएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १७२ रन बनाएको थियो । बार्बाडोसका लागि जस्टिन ग्रिब्सले सर्वाधिक ५७ रन बनाएका थिए भने जोनाथन कार्टरले ३०, जोनसन चार्लेजले २८, जेपी डुमिनीले १८ तथा एशले नर्सले १५ रन बनाएका थिए ।

यो जितसँगै बर्बाडोसले ४ खेलमा दोस्रो जित हासिल गरेको छ । बार्बाडोसको ४ खेलमा ४ अंक भएको छ भने अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै सेन्ट लुसियाको भने ५ खेलमा यो चौथो हार हो ।
 

सम्बन्धित समाचार

वाल्श र किंग वेस्टइन्डिज टिममा छानिए, सिपिएलमा प्रदर्शनको पुरस्कार  

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्ध हुने टी-२० र एक्दिवैस्य सिरिजका लागि टिमको घोषणा गरेको छ ।  अगामी नोभेम्बरमा भारतको नागपुरमा हुने सिरिजका लागि हालै सम्पन्न क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका हेडेन

बर्बाडोसले जित्यो सिपिएलको उपाधि

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि बार्बाडोस ट्रीडेन्टसले जितेको छ । आज भएको फाइनल खेलमा बार्बाडोसले गुयाना अमेजन वारियर्सलाई २७ रनले परजित गर्दै दोस्रो पटक सिपिएलको उपाधि जितेको हो

बार्बाडोस सिपिएलको फाइनलमा 

काठमाडौ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टस फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा ट्रीनबागो नाइट राइडर्सलाई १२ रनले पराजित गर्दै बार्बाडोस प्रतियोगीताको फाइनलमा पुगेको हो । बार्बाडोसले दिएको

सिपिएलको लिग चरण सकियो, प्लेअफको समीकरण यस्तो भयो 

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत लिग चरणका खेल आजदेखि सकिएका छन् । आज सम्पन्न खेलमा गुयाना अमेजन वरियर्सले ट्रीनबागो नाइट राइडर्सलाई पराजित गर्दै लिग चरणआमा अपराजित भएको छ । आज


z