• २०८१ बैशाख १७ सोमबार

चन्द्रबहादुर गुरुङस्मृति कप फुटसल शुरु 

kharibot

काठमाडौं । तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं पहिलो संबिधान सभाका सदस्य चन्द्रबहादुर गुरुङको सम्झनामा आयोजित  फुटसल प्रतियोगिता आजबाट राजधानीमा शुरु भएको छ । 

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा शुरु भएको "स्व. चन्द्रबहादुर गुरुङ स्मृति कप अन्तरकलेज प्रतियोगिता- २०७६" को आज भएको पहिलो खेलमा पशुपति, नेपाल ल, वाल्मीकि, नाइटेङ्गल, बायोमेडिकल, हिमालयन ह्वाइटहाउस, गोल्डेनगेट, कसमस लगायतका कलेजले विजयी सुरुवात गर्दै दोस्रो चरण प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा गोल्डेनगेटले हिकास्टलाई पराजित गर्‍यो ।  उक्त प्रतियोगिताको क्वाटरफाईनल समिकरण र बाँकी खेल सोमबार सञ्चालन हुने राप्रविसंका उपाध्यक्ष शशि भण्डारीले जानकारी दिए ।

 

सोमबार समापन हुने उक्त प्रतियोगीताको आज एक कार्यक्रमका बिच राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले उद्घाटन गरेका छन् ।  उक्त अवसरमा राप्रपा सहायक महामन्त्री एवं राप्रविसंका पुर्व अध्यक्ष राजराम बर्तौला, संगठनका अध्यक्ष महेशबहादुर सिंहले आ-आफ्नो भनाई राखेका थिए ।

धुम्बाराहीस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार, उपविजेताले १५ र तेस्रो स्थानको टोलीले १० हजारसहित ट्रफि र मेडल प्राप्त गर्ने छन् ।

स्व. गुरुङ अखिल नेपाल फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्को सदस्य, एशियाली युथ काउन्सिलको उपाध्यक्ष लगायत विभिन्न खेलकुद तथा सामाजिज संस्थामा संलग्न थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै