• २०८१ बैशाख २० बिहीबार

युभेन्टसलाई इन्टरको चुनौती, अपराजित हुदै फेरी शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलान फेरी शिर्ष स्थानमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई १-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा अहिलेसम्म अपराजित हुदै शिर्ष स्थानमा पुगेको हो ।

इन्टर मिलानको जितमा डानिलो डि एम्ब्रोसियोले खेलको एक मात्र गोल गरेका थिए । डानिलोले खेलको २३औ मिनेटआमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै इन्टर मिलानले यस सिजनमा युभेन्टसलाई कडा चुनौती दिदै शिर्ष स्थानमा रहेको छ । बुधबार युभेन्टसले बर्ससियालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको भए पनि इन्टरले फेरी उछिनेको छ ।

अहिलेसम्म ५ खेल खेलेको इन्टरले सबै खेलमा जित हासिल गर्दै १५ अंकसहित शिर्ष स्थानमा छ । युभेन्टस भने ५ खेलमा ४ जित र एक बराबरीसहित १३ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै