• २०८१ बैशाख १७ सोमबार

म्याड्रिड डर्बी बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा !

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा म्याड्रिड डर्बी गोल रहित बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड गोल रहित बराबरीमा रोकिएका हुन् ।

एटलेटिकोको घरेलु मैदानमा भएको खेलमा दुवै टिमले गोल गर्ने नसक्दा एक एक अंक बाडेका छन् । ला लिगामा बार्सिलोनाले लगातार दुई खेल जितेर ६ अंक हासिल गर्दा म्याड्रिडका दुई हस्ती क्लबले अंक बाँडेपछि यसको फाइदा बार्सिलोनालाई हुने देखिएको छ ।

अहिले ७ खेलपछि रियल म्याड्रिड १५ अंकसहित शिर्ष स्थानमा छ भने एटलेटिको ७ खेलमा १४ अंक सहित तेस्रो स्थानमा रहेको छ । त्यस्तौ ग्रानड़ा १४ अंकसहित दोस्रो स्थानमा छ भने बार्सिलोना १३ अंकसहित चौथो स्थानमा रहेको छ । 

साथै यो बराबरीपछि रियल सोसीयडाड शिर्ष स्थानमा पुग्ने अवसर प्राप्त भएको छ । सोसीयडाडले आज राति सेभियालाई पराजित गरेमा १६ नाक हासिल गर्दै शिर्ष स्थानमा पुग्ने छ ।

अब रियलले आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गत क्लब ब्रुगेविरुद्ध खेल्ने छ भने एटलेटिकोले भने लोकोमोटिभ मस्कोसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै