नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ (तल्लेबेलहानी) र वडा नं १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
बर्दघाट नगरपालिका–१४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नं १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिए ।
सङ्घीय सरकारको करीब रु एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे एक मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ ।
पुल निर्माणको समय अवधि १८ महीनाको रहे पनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करीब छ महीनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिएका हुन् ।