• २०८१ बैशाख १७ सोमबार

युरोकप छनौटमा फ्रान्स टर्कीसँग बराबरीमा रोकियो

kharibot

काठमाडौं । युरोकप २०२० छनौट अन्तर्गत फ्रान्स टर्कीसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह एच अन्तर्गतको खेलमा फ्रान्स र टर्की १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ७६औ मिनेटमा फ्रान्सका ओलिभर जिराउडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर त्यसको ५ मिनेट पछि नै टर्कीका लागि कान आहानले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि फ्रान्सले युरोकपमा छनौट हुन अझै केहि समय पर्खिनु पर्ने भएको छ । अब समुह एचमा ८-८ खेलमा फ्रान्स र टर्कीको १९-१९ अंक भएको छ । त्यस्तै ८ खेलमा आइसल्याण्डको १५ अंक रहेको छ भने ८ खेलमा अल्बानियाको १२ अंक रहेको छ ।
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै