• २०८१ बैशाख १५ शनिबार

विमानस्थलमा तोडफोड गर्ने राजपा सांसद प्रमोद साह पक्राउ

kharibot

फाइल तस्बीर

काठमाडौँ । जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा राजपा सांसद प्रमोद साह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, रानीपोखरीकी प्रवक्ता एसएसपी किरण बज्राचार्यले संसद पक्राउ परेको पुष्टि गरेकी छन् । एसएसपी बज्राचार्यले घनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेर संसद शाहलाई पक्राउ गर्न अनुरोध गरेअनुसार विमानस्थलबाट पक्राउ गरेर धनुषा पठाउन लागिएको जानकारी खरीबोटलाई दिएकी छन् । 

काठमाडौंबाट सर्लाही फर्कन विमानस्थल पुगेका सांसद साहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । धनुषा प्रहरीको अनुरोधमा जिल्ला अदालत धनुषाले साहलाई पक्राउ गर्न आदेश दिएको थियो ।

उडान ढिलो भएको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए । साहले भने बिरामी काठमाडौं लैजान ढिलो गरिएको भन्दै तोडफोड गरेका थिए ।

काउन्टर तोडफोड पछि नेपाल विमान चालक संघले सात दिन भित्र कार्बाही नगरे जनकपुर उडान बन्द गर्ने चेतावनी दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै