• २०८१ बैशाख २६ बुधबार

सांसद प्रमोद साह साधारण तारिखमा रिहा 

kharibot

जनकपुरधाम । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

साहलाई गत मंगलबार महानगरीय प्रहरी काठमाडौँले पक्राउ गरेको थियो । गत बुधबार धनुषा अदालतले चार दिनको म्याद थप गर्दै अनुसन्धान गर्ने अनुमति दिएको थियो ।

गत सोमबार साहले जहाज उडाउन ढिलाइ गरेको भन्दै जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै