• २०८१ बैशाख २७ बिहीबार

सांसद प्रमोद साहलाई चार दिनको म्याद थप

kharibot

सांसद प्रमोद कुमार साह

जनकपुरधाम । जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरी जनकपुरधाम पठाएका सांसद साहलाई अनुसन्धानका लागि चार दिने म्याद थप गरिएको हो ।

जिल्ला अदालत धनुषाको इजलास नं. १ का न्यायधिश तीर्थप्रसाद केसीको इजलासले सांसद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो । 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जाने क्रममा साहलाई पक्राउ गरेर धनुषा लागिएको थियो ।

जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सांसदको रिहाईको माग गर्दै राजपाले आज एक घन्टा सडक जाम गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै