काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोना चेक रिपब्लिकको क्लब स्लाभिया प्राहसँग बिना कुनै गोल बराबरीमा रोकिएको हो ।
बार्सिलोना आफ्नै घरेलु मैदानमा भएको खेलमा बिना कुनै गोल बराबरीमा रोकिएर अंक बाड्न बाध्य भएको थियो ।
समू एफ मा बार्सिलोनाको यो बराबरीपछि ४ खेलमा ८ अंक भएको छ भने प्राहको ४ खेलमा २ अंक भएको छ ।
यो बराबरी पछि बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भेर्डोमाथिको दबाब बढेको छ ।