• २०८१ बैशाख १७ सोमबार

मेसीको निर्णायक गोलमा ब्राजिलमाथि अर्जेन्टिनाको जित 

kharibot

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा ब्राजिललाई पराजति गरेको छ । 

गएराती साउदी अरेबियाको किंग साउद युनिभर्सिटी स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । मेसीले खेलको १३औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपनि सोहि पेनाल्टी हान्दा किपरबाट बाउन्स भएर आएको बललाई मेसीले गोलमा परिणत गरेका थिए । मेसी चार खेलको प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्किएका हुन् । मेसीले योसँगै अर्जेन्टिनाका लागि १३७ खेलमा ६९ गोल गरेका छन् ।

साथै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेसीले ब्राजिलविरुद्ध सन् २०१२ पछि पहिलो पटक गोल गरेका छन् ।  

यस अघि खेलको आठौ मिनेटमा ब्राजिलले पाएको पेनाल्टी गाब्रियल जिससले मिस गर्दा ब्राजिलले शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।

यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा ब्राजिलसँगको हारको बदला समेत लिएको छ ।

अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले आगामी मंगलबार दक्षिण कोरियासँग खेल्ने छ भने अर्जेन्टिनाले सोमबार उरुग्वेसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै