• २०८१ बैशाख १६ आइतबार

बंगलादेशमाथि भारतको सहज जित, तीन दिनमै सकियो टेस्ट

kharibot

काठमाडौँ । भारतले बंगलादेशलाई पहिलो टेस्टमा इनिंग र १३० रनले पराजित गरेको छ । दुई खेलको सिरिजको पहिलो खेलको तेस्रो दिन भारतले बंगलादेशलाई पराजित गरेको हो ।

बंगलादेशले पहिलो इनिंगमा १५० रन बनाएको थियो भने भारतले ६ विकेट गुमाएर ४९३ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

त्यस्तै बंगलादेशले आफ्नो दोस्रो इनिंगमा २१३ रन बनाएर अल आउट भएको थियो ।

दोस्रो इनिंगमा बंगलादेशलाई अल आउट गर्ने क्रममा मोहमद सामीले ४ विकेट लिएका थिए भने आर आश्विनले ३ विकेट लिएका थिए । त्यस्तै उमेश यादवले २ र इशान्त शर्माले एक विकेट लिएका थिए ।

खेलमा २४३ रन बनाएका भारतका मयंक अग्रवाल खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

सिरिजको दोस्रो खेल २२ नोभेम्बरमा कोलकोतामा हुने छ । भारतमा पहिलो पटक डे-नाइट टेस्ट खेल हुन् लागेको यो खेललाई भारतमा कौतुहलताका साथ् हेरिएको छ ।
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै