• २०८१ बैशाख १५ शनिबार

रामसीले दुई गोल गर्दै वेल्सलाई युरोकपमा पुर्याए 

kharibot

काठमाडौँ । वेल्स युरोकपमा छनौट भएको छ ।

गएराती सम्पन्न खेलमा वेल्सले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

वेल्सको जितमा युभेन्टसबाट खेल्ने एरोन रामसीले दुवै गोल गरेका थिए । रामसीले खेलको १५औ र ४७औ मिनेटमा गोल अग्र्दै वेल्सलाई महत्वपूर्ण जित दिलाएका थिए ।

समुह इ बाट वेल्स ८ खेलमा १४ अंक हासिल गर्दै दोस्रो भएर युरोकपमा छनौट भएको छ ।

यस समुहबाट क्रोसिया ८ खेलमा १७ अंक हासिल गर्दै समुहमा पहिलो भएर युरोकपमा छनौट भएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै