• २०८१ बैशाख १७ सोमबार

लेवानडोस्कीको चार गोलमा बायर्न म्युनिखको शानदार जित

kharibot

काठमाडौँ । बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सर्बियाको क्लब रेड स्टारविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

बायर्नले रेड स्टारलाई ६-० गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा पोल्याण्डका स्टार खेलाडी रोबेर्ट लेवानडोस्कीले चार गोल गरेका छन् । त्यस्तै लिओन गोरेटज्का र कोरेनटिन टोलिसोले एक एक गोल गरेका थिए ।

यो सँगै लेवानडोस्की च्याम्पियन्स लिगको इतिहासमा एकै खेलमा चार गोल गर्ने लियोनेल मेसीपछि दोस्रो खेलाडी बनेका छन् । मेसीले च्याम्पियन्स लिगमा दुई पटक ४ गोल गरेका छन् ।

त्यस्तै लेवानडोस्कीले च्याम्पियन्स लिगमा तीन हयाट्रिक गरेका छन् । च्याम्पियन्स लिगमा मेसी र रोनाल्डोले ८-८ हयाट्रिक गरेका छन् ।    

यो जितसँगै बायर्नले समुह बिमा ५ खेलमा सबै खेल जितेर १५ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै बायर्न अन्तम १६ मा छनौट हुने पक्का भएको छ ।

त्यस्तै रेड स्टारको भने ५ खेलमा केवल ३ अंक मात्र छ भने अब समुह चरणको एक खेल खेल्न बाँकी रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।लेवानडोस्कीले चार गोलमा बायर्न म्युनिखको शानदार जित  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै