काठमाडौ । उपनिर्वाचन अन्तर्गत दाङको प्रदेश सभा ३(ख) मा नेकपा उम्मेदवार विमला कुमारी खत्री विजयी भएकी छन् ।
खत्रीले २४ हजार २८६ मत ल्याएर जित हासिल गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै साझा पार्टीका शिवकुमार थारुले २६६ मत ल्याए भने राप्रपाका भुपाल रावतले २२५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल ६८ हजार ७१९ मतदाता रहेकोमा ४५ हजार ३०१ मत खसेको थियो । जसमा ७९७ मत बदर भएको थियो ।
यस अघि २०७४ मा भएको निर्वाचनमा विमलाका श्रीमान उत्तर कुमार वली विजयी भएका थिए । उनको निधन पछि नेकपाले उनकी श्रीमती विमलालाई उम्मेदवार बनाएको थियो ।
वलीले २३ हजार ९७० मत ल्याएर जितेका थिए भने काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत ल्याएका थिए ।