• २०८१ बैशाख १६ आइतबार

पाकिस्तान सुपर लिगको ड्राफ्टमा बिकेनन् सन्दीप

kharibot

एजेन्सी । आउदो पाकिस्तान सुपर लिग (पीएसएल) मा नेपाली खेलाडी नहुने भएका छन् । शुक्रबार सम्पन्न खेलाडी ड्राफ्टमा पीएसएल फ़्रेन्चाइजले लेग स्पिनर सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बिकेनन् । 

सिल्भर क्याटगेरीमा पुर्वकप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए । जसको मूल्य १५ देखी ३५ हजार अमेरिकी डलर रहेको थियो ।

त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्याटगेरीमा रहेका थिए । प्लेटिनम क्याटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीप कुनै पनि लिगको ड्राफ्ट परेर पनि नबिकेको यो पहिलो पटक हो ।

गत वर्ष सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएर खेलेका सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।

तर यस पटक महँगो मूल्य राखेका सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । सन्दीपको प्लाटिनम क्याटगेरीमा रहेका जसन रोय, क्रिस लीन, मोइन अली, डेल स्टेन, कोलिन इनग्राम, एलेक्स हक्स र रिली रोसौवलाई मात्र फ्रेन्चाइजले किनेका छन् ।

पीएसएलमा केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किंङ्स गरि जम्मा ६ फ्रेन्चाइज टोली रहेका छन् ।

गत बर्ष युएईमा भएपनि यस बर्ष पाकिस्तानमै हुने बताइएको पीएसएलको यस सिजनमा इङल्याण्ड र दक्षिण अफ्रिकाका धेरै खेलाडीलाई ड्राफ्टमा लिइएको छ । खेल विश्लेषकहरुले लामो समयदेखि पाकिस्तानमा क्रिकेटका ठुला खेल हुन लागेकोले पाकिस्तानमा क्रिकेट खेल हुन सक्छ भन्ने संदेश दिन यस पटकको पीएसएलमा इङल्याण्ड र दक्षिण अफ्रिकाका खेलाडीलाई बढी लिएको बताएका छन् ।

हाल आँखाको शल्यक्रियापछि आराम गरिरहेका सन्दीप जारी सागमा खेलेका छैनन् । सम्भवत सन्दीप अब अस्ट्रेलियाको बिग बास लिग खेल्न छिट्टै अस्ट्रेलिया जाने छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै