• २०८१ बैशाख १६ आइतबार

चितवनले पिपिएलको फाइनलमा विराटनगरलाई दियो २०३ रनको लक्ष्य 

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत आज फाइनल खेल चितवन राइनोज र विराटनगर टाइटान्सबीच भइरहेको छ ।

फाइनल खेलमा विराटनगरले टस जितेर बलिङ रोजेसँगै चितवनले पहिला ब्याटिंग गरेर २० ओभरमा ५ विकेट गुमाउदै २०२ रन बनाएको छ ।

योसँगै विराटनगरले उपाधि जितका लागि २०३ रनको लक्ष्य पाएको छ ।

चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार शाहले अर्धशतकीय पारी खेलेका थिए । दुवै ५०-५० रन बनाएर आउट भएका थिए । तेस्रो विकेटका लागि रोहन र अनिलबीच ९५ रनको साझेदारी भएको थियो ।

त्यस्तै कप्तान पारस खड्काले २५ रन बनाए भने बाबर ह्यात ५ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ११ बलमा १९ रन बनाए भने सन्नी पटेल ८ बलमा १६ रन बनाएका थिए । त्यस्तै करण केसीले आक्रामक ब्याटिंग गर्दै ८ बलमा २६ रन बनाएर चितवनको रन दुई सय कटाएका थिए ।

विराटनगरका बलर पुनित मेहरा र मुहमद जैद आलमले २-२ विकेट लिए भने किशोर महतोले एक विकेट लिएका थिए ।

फाइनल खेलको विजेता टालीले २७ लाख पुरस्कार पाउने छन् भने उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट गरि ६ टिम खेलेका छन् । 

प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै  मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै