• २०८१ बैशाख १६ आइतबार

प्रदिपको आक्रामक ब्याटिंगपछि बुटवलले पायो १६६ रनको लक्ष्य 

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत इलिमिनेटरको खेल बिराटनगर टाइटान्स र बुटवल ब्लाष्टर्सबीच अहिले भइरहेको छ । अहिले जारी खेलमा विराटनगरले बुटवललाई १६६ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन बनाएको हो ।

विराटनगरका लागि सुनिल धमलाले सर्वाधिक ६१ रन बनाए । धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

त्यस्तै विराटनगरका लागि मुहमद जैद आलमले २० तथा लोकेश बम र पुनित मेहराले १९-१९ रनको पारी खेलेका थिए । त्यस्तै कप्तान प्रदीप सिंह ऐरीले अविजित ३३ रन बनाए भने नोमान खान शुन्यमा आउट भएका थिए । प्रदिपले १३ बलमा ४ छक्का र एक चौका प्रहार गर्दै अविजित ३३ रन बनाएका थिए । 

त्यस्तै बुटवलका बलर हर्ष टंकले २ विकेट लिए भने अविनाश बोहोरा र ललित भण्डारीले एक-एक विकेट लिएका थिए । बुटवलले एक विकेट रनआउटको रुपमा लिएको थियो ।
यस खेलको विजेता टिमले आगामी शनिबार प्रतियोगिताको फाइनलमा चितवन राइनोजविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै