• २०८१ बैशाख १५ शनिबार

बुटवललाई पराजित गर्दै विराटनगर टाइटान्स पिपिएलको फाईनलमा

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत विराटनगर टाइटान्स फाइनलमा पुगेको छ । आज भएको इलिमिनेटरको खेलमा बुटवल ब्लाष्टर्सलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

विराटनगरले दिएको १६६ रनको लक्ष्य पछाएको बुटवल १९.५ ओभरमा १४४ रन बनाएर अल आउट भएपछि विराटनगर २१ रनले विजयी भएको हो ।

बुटवलका लागि भिम सार्कीले ३४ बलमा ४४ रन बनाए भने अफ्ताबुद्धीन जैद खानले २२ बलमा ४३ रन बनाएका थिए । त्यस्तै पुरन बिकले १५ रन बनाए भने शिवम सिंहले १४ रन बनाए ।

बिराटनगरका बलरले उत्कृष्ट बलिङ गर्दै बुटवलमाथि हावी भएका थिए ।विराटनगरका बलर शहाब आलमले ३ विकेट लिए भने पुनित मेहराले अन्तिम ओभरमा तीन विकेट लिएका थिए । त्यस्तै जितेन्द्र मुखियाले एक विकेट मात्र लिए पनि १९औ ओभर मेडन फालेका थिए ।

त्यस्तै किशोर महतो र मुह्मादा जैद आलमले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन बनाएको थियो ।

विराटनगरका लागि सुनिल धमलाले सर्वाधिक ६१ रन बनाए । धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

त्यस्तै विराटनगरका लागि मुहमद जैद आलमले २० तथा लोकेश बम र पुनित मेहराले १९-१९ रनको पारी खेलेका थिए । त्यस्तै कप्तान प्रदीप सिंह ऐरीले अविजित ३३ रन बनाए भने नोमान खान शुन्यमा आउट भएका थिए । प्रदिपले १३ बलमा ४ छक्का र एक चौका प्रहार गर्दै अविजित ३३ रन बनाएका थिए । 

त्यस्तै बुटवलका बलर हर्ष टंकले २ विकेट लिए भने अविनाश बोहोरा र ललित भण्डारीले एक-एक विकेट लिएका थिए । बुटवलले एक विकेट रनआउटको रुपमा लिएको थियो ।

अब यस सिजनको पिपिएलको फाइनलमा आगामी शनिबार चितवन राइनोज र विराटनगर टाइटान्स खेल्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै